अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

7
नव प्रवेशीहरुलाई अविर लगाएर पार्टीमा स्वागत गर्दै प्रदेश सांसद् सिंह । (तस्बिर : उज्यालो अभियान)

धनकौल – सर्लाहीको धनकौल गाँउपालिका–४, महिनाथपुरमा सोमवार ५० भन्दा बढी अन्य पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

महिनाथपुरमा एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत अन्य पार्टी परित्याग गरी सो संख्यामा नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका कांग्रेसले दावी गरेको हो । पार्टी प्रवेश गर्नेमा सुरेश यादव, सत्यनारायण यादव, सुरेन्द्र यादव, होशनारायण यादव, राजेश यादव, अच्छेलाल यादव लगायत ५० जना भन्दा बढी रहेका नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद विरेन्द्रप्रसाद सिंहले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा प्रदेश सभा सदस्य सिंह, धनकौल गाँउपालिकाका अध्यक्ष रामआश्रय साह, नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति हरेन्द्र सहनी लगायतको उपस्थिति रहेको थियो ।