नहरको पानीले बगाएर सर्लाहीको बाग्मतीमा एक पुरुषको मृत्यु

1
प्रतिकात्मक तस्बिर ।

बाग्मती – सर्लाहीको बाग्मती सिचाँई परियोजनाको शाखा नहरमा सोमवार एक पुरुषको शव फेला परेको छ ।

बाग्मती नगरपालिका–८, गाँजली चौक का ५२ वर्षिय सुरेश वाईबाको मृत अवस्थामा शव फेला परको हो । बाग्मतीकै निरौला टोलमा रहेको बाग्मती सिचाँई परियोजनाको मानपुर शाखा नहरमा वाईबाको शव फेला परेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले बताए ।

शवलाई नियन्त्रणमा लिई मृत्युको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको पनि भाटले जानकारी दिए ।