सहयोग र सम्मान गर्दै हरिवनका मेयर प्रसाईंले मनाए जन्मदिन

10
जन्मदिनको अवसरमा सुखेपोखरीमा आयोजित खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग कार्यक्रममा मेयर प्रसाईं तथा अन्य उपस्थित व्यक्तित्वहरु । (तस्बिर सौजन्य : युवराज आचार्य)

हरिवन – हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले आफ्नो जन्मदिनको अवसरमा आज (शनिबार) विभिन्न ठाउँमा सहयोग एवं सम्मान कार्यक्रम सहित मनाएका छन् ।

हरिवनको सुखेपोखरी स्थित सर्भिस फर पिस नेपालद्वारा संचालित अनाथ बाल आश्रममा शैक्षिक सामाग्री र खाधान्न सहयोग गरेका छन् । त्यस्तै मेयर प्रसाईंले आजै सुखेपोखरी स्थित वृद्धाश्रमलाई पनि खाद्यान्न सहयोग गरेका छन् ।

त्यसैगरी हरिवन नगरपालिका वडा नं. ९ स्थित जय सन्तोषि माँ कृषि महिला समुह तथा वडा नं. ८ स्थित जन चेतना महिला समुह लगायतले मेयर प्रसाईँको जन्मदिन मनाउन विभिन्न कार्यक्रमको आयोजना नै गरेका छन् । त्यस्तै मेयर प्रसाईंका स्वकिय सचिव आचार्यका अनुसार जन्मदिनको अवसरमा प्रसाईंले ३० जना वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।

मेयर प्रसाईंको विभिन्न ठाउँमा जनस्तरबाटै जन्मदिन मनाउने कार्यक्रमहरु भईरहेको स्वकिय सचिव आचार्यले बताए ।