सर्लाहीमा साप्ताहिक रुपमा सामाजिक सेवा दिवस मनाउने क्रम जारी

2
लालबन्दी नगरपालिका ४ मुसहर बस्तीमा धान धुने तरिका सिकाइँदै ।

लालबन्दी – ‘सामाजिक क्षेत्र ः राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ सर्लाहीमा सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने क्रम चलिनै रहेको छ ।

असोज ६ गतेदेखि सुरु भएको यो दिवस अन्तर्गत सुक्रवार जिल्लाका विभिन्न स्थानमा सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गरिएका छन् । हरिपुरस्थित ग्रामीण नारी उत्थान संघले जिल्लाको ग्रामीण भेगमा पर्ने दक्षिण–पश्चिम भेगको रामनगर गाउँपालिका–५ र दक्षिण–पूर्वी भेगमा पर्ने पर्सा गाउँपालिका–५ मा स्वास्थ्य र खानेपानी सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

यस्तै सोही संस्थाले सुक्रवार नै ईश्वरपुर नगरपालिका–९, कुरैनिया टोल मुसहर बस्तीका ११६ परिवार र सोही वडाको खुशीपुर टोलका सय घरधुरीलाई स्वास्थ्य सामग्री रहेका हाइजेनिक किट सामग्री वितरण गरेको छ । वडाध्यक्ष अमिरीलाल साह र अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा दलित परिवारलाई सो सामग्री प्रदान गरिएको हो ।

यसैगरी सामाजिक सेवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लालबन्दीको बाल संरक्षण संस्थाले सुक्रवार नै वडा नं. ४ मुसहर बस्तीका दलित परिवारलाई स्वास्थ्य सम्वन्धी चेतनामूलक कार्यक्रम गरी हात धूने तरिका सिकाउनुका साथै साबुन समेत वितरण गरेको छ ।