सर्लाहीको हरिवनमा खोलाले बगाएर एक वृद्धको मृत्यु

3
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाउन जुटेका युवा । तस्बिर : सन्जु मोक्तानको फेसबुकबाट

हरिवन – खोलाले बगाएर हरिवनमा एक जनाको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–३, मोहनपुरका ८६ वर्षीय पदम बहादुर परियारको लखन्देही खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनायो ।

नवलपुर जान्छु भनि हिँड्नु भएका परियारको खोलाले बगाएर मृत्यु भएको अवस्थामा शनिवार बिहान लालबन्दी नगरपालिका–१ मा शव फेला परेको प्रहरीले जनाएको छ ।

परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले स्थानीय युवाहरुले शवबाहन खर्च सहयोग जुटाई मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएका छन् ।