डा. गोबिन्द केसीको समर्थनमा बयलवासमा र्याली

7
डा. गोबिन्द केसीको समर्थनमा बयलवासमा निकालिएको र्याली । तस्बिर : प्रकाश मैनाली

ईश्वरपुर – आमरण अनसनरत डा. गोबिन्द केसीको समर्थनमा शनिवार सर्लाहीको बयलवासमा शान्तिपूर्ण र्याली निकालिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले तत्कालै वार्ता गरी उनले उठाएका जायज मागहरु सम्वोधन गर्न माग गर्दै र्याली निकालिएको हो । सिनेमा हल चौकबाट सुरु भएको र्याली ईश्वरपुर नगरपालिका कार्यालयसम्म आएर, ईलाका प्रहरी कार्यालय केशरगन्ज अगाडि पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति प्रमोद बराल, नेपाल विद्यार्थी संघका नेता युवराज देवकोटा लगायतले डा. केसीको जीवन र उहाँले उठाएका मागप्रति गम्भीर बन्न सरकारसँग माग गरे ।