गृह गाउँ चक्रघट्टा आएका मन्त्री राय जनकपुर लागे

4
श्रममन्त्री रामेश्वर राय यादव ।

चक्रघट्टा – चक्रघट्टा सुक्रवार गृह गाउँ सर्लाहीको चक्रघट्टास्थित बेल्ही आएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव शनिवार बिहानै जनकपुर प्रस्थान गरेका छन् ।

मन्त्री राय पारिवारिक कामका लागि सुक्रवार गाउँ आएका चक्रघट्टा गाउँपालिकाका अध्यक्ष समेत रहेका उनका छोरा विक्रम यादवले बताए । मन्त्री राय प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कोरोना नियन्त्रणका सम्वन्धमा छलफल गर्न शनिवार बिहानै जनकपुर पुगेका छन् ।

मन्त्री रायलाई संघीय सरकारले कोरोना रोकथाम तथा अन्य रणनीति अबलम्वनका सम्वन्धमा प्रदेश २ को प्रदेश सरकार तथा पालिकाहरुसँग समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।