हरिवनमा स्वास्थ्य समीक्षा सम्पन्न

14

हरिवन – हरिवन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दुई दिने तेस्रो चौमासिक तथा वार्षिक स्वास्थ्य समीक्षा आज (शुक्रबार) सम्पन्न भएको छ ।

नगरपालिका कार्यालयमै भएको समीक्षा कार्यक्रम समापन समारोहमा नगर प्रमुख गणेश प्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चूँडाल, नगरपालिका स्वास्थ्य समिति संयोजक वडाध्यक्ष यज्ञविनोद ढुंगेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश दुई सरकार स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत लालबाबु राय, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिंह, सासापुर स्वास्थ्य चौकीकी मेडिकल अधिकृत डा. स्मृती गौतम लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नगरपालिका क्षेत्र भित्र रहेका हरिवन, सासापुर, घुर्कौली र अत्रौली स्वास्थ्य चौकीका प्रमुखहरु, परिवार नियोजन संघ, स्वाभिमान अस्प्ताल, नमूना अस्पताल, बागमती सेवा समाज लगायतबाट स्वास्थ्यकर्मी एवं स्वास्थ्य कार्यक्रम हर्ने व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम हरिवन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु चौधरीले संचालन गरेका थिए ।