लालबन्दीमा दुर्गा भवानी पूजा मूल समिति गठन

12

लालबन्दी – आउँदै गरेको हिन्दुहरुको महान चाड वीजयादशमी अन्तर्गत दुर्गा पूजाका लागि लालबन्दीमा दुर्गा पूजा मुल समिति गठन गरिएको छ ।

आज (शुक्रबार) बिहान भएको भेलाले आशिष बाबु दाहालको संयोजकत्वमा ९ सदस्यीय दुर्गा भवानी पूजा मूल समिति गठन गरिएको हो । मूल समितिमा लालबाबु महतो सचिव, शक्ति साह कोषाध्यक्ष रहेका छन् भने राम प्रताप महतो, अशोक साह, धर्मेन्द्र राम, कल्याण कालिकोटे, महेन्द्र साह र रामबाबु महतो सदस्य रहेका छन् ।

त्यस्तै भेलाले अशोक साहकै संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक समिति तथा मूल समितिका संयोजक दाहालको संयोजकत्वमा तीन सदस्यीय आर्थिक समिति समेत गठन गरेको छ ।
मूल समितिका संयोजक दाहालका अनुसार हरेक वर्ष दुर्गा मण्डप बनाएर मनाईंदै आईरहेको लालबन्दीको तरकार बजार छेउमा यसवर्ष पनि दुर्गा भवानीको मण्डप बनाएर दुर्गा पूजाको तयारी गरिएको हो । दाहालका अनुसार कृषि उपज बजार समितिका अध्यक्ष राम दरेश चौधरीको अध्यक्षता रहेको भेलामा समाजसेवी भिमप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने ऋषि सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो ।