बाल संरक्षणको अध्यक्षमा मुना

लालबन्दी – बाल संरक्षण संस्था लालबन्दीको अध्यक्षमा मुना उपाध्याय चयन भएकी छिन् ।

संस्थाको बुधबार सम्पन्न २० औँ वार्षिक साधारण सभाले उपाध्यायलाई नयाँ कार्यसमितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । ११ सदस्यीय कार्य समितिको उपाध्यक्षमा शोभा थापा, सचिवमा अन्जु ढकाल, सह–सचिवमा अनिता चौधरी र कोषाध्यक्षमा जमुना आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शारदा पौडेल, ज्ञानु बस्नेत, विन्दा लुंगेली, मधु परियार, कुन्तीदेवी यादव र हरिमाया बस्नेत रहेका छन् ।

राधा घिमिरेको अध्यक्षतामा संस्थाकै प्रांगणमा आयोजित साधारण सभाको प्रमुख अतिथि प्रदेश सभा सदस्य बेची लुंगेलीले उद्घाटन गरेकी थिईन् । सभामा लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपाल घिमिरे, जिल्ला हृदय रोग प्रतिष्ठान सर्लाहीका अध्यक्ष बाबुकाजी नुच्छे प्रधान, नेपाली कांगे्रसका नगर सभापति प्रशान्त आचार्य लगायतको आतिथ्यता रहेको थियो । बाल संरक्षण संस्थाले विभिन्न संस्थाहरुसँग समन्वय गरी बाल अधिकार तथा उनीहरुको शिक्षा दिक्षा र अरु विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।