उखुबारीमा कुहिसकेको शव फेला

6
प्रतिकात्मक तस्बिर ।

धनकौल – सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।

धनकौल गाउँपालिका–२ सहनी टोला स्थित उखुबारीको बिचमा आज (बुधबार) दिउँसो अन्दाजी ३२/३५ बर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक उद्यव सिंह भाटले जानकारी दिए । दुर्गन्ध फैलिएपछि दिउँसो खेतमा घासँकाट्न गएका स्थानीयले शव देखेको र प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान सहित थप अनुसन्धानको काम अगाडी बढाईएको प्रहरीले जनाएको छ ।