मनकारी परिवारद्वारा वृद्धाश्रममा भोजन

7
फाईल तस्बिर

नवलपुर – मनकारी व्यक्तिहरुले शुक्रवार पनि सर्लाहीको लालबन्दी नगरपालिका–२, स्थित जुटपानीमा रहेको वृद्ध सेवाश्रममा भोजनको व्यवस्था गरेका छन् ।

लालबन्दी नगरपालिका–१, नवलपुर निवासी पुष्पलता केसी श्रेष्ठले जन्म दिनको अवसरमा दिउँसोको खाजा र बेलुकाको खानाको व्यवस्था गरेकी छिन् । ज्ञानज्योती पुस्तक तथा स्टेशनरी पसलकी संचालक समेत रहेकी केसी श्रीमान अजय श्रेष्ठ सहित सपरिवार आश्रम पुगेर वृद्धवृद्धालाई भोजन गराएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

त्यसैगरी हरिवन नगरपालिका–६, निवासी इन्द्रमुनि मैनालीले ७८ वर्षमा प्रवेश गरेको अवसरमा एक दिनको भोजन गराउन पुग्ने खाद्यान्न सहयोग गरेका आश्रमले जनाएको छ । यसैगरी विश्वकर्मा पूजाको अवसर पारेर लालबन्दीस्थित शिरिष पानी फ्याक्ट्रीका सञ्चालक शाकार शर्मा र श्रीमती सविता लामिछाने शर्माले पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा बिहानको भोजन गराए ।