बागमतीको कार्यक्रममा जिल्ला स्तरीय समिक्षा

समिक्षा कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर ः उज्यालो अभियान)

हरिवन – बागमती सेवा समाज नेपाल हरिवनले सर्लाही जिल्लामा गरेका कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायतको टोलीले बागमती सेवा समाजद्वारा हरिवन नगरपालिका–८, प्रसुती भवन स्थित निर्माण गरिरहेको बर्थीङ सेन्टर तथा पूरानो बजार स्थित दलित बस्तीमा संस्थाले गरेको कार्यक्रमको अनुगमन निरीक्षण समेत गरेको थियो । कार्यक्रममा हरिवन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, पत्रकार लगायतको उपीस्थती रहेको थियो ।

अनुगमन निरीक्षण पश्चात संस्थाको हरिवन स्थित कार्यालयमा आयोजित समिक्षा गोष्ठीमा कुमार भण्डारीले बागमती सेवा समाजले गर्दै आएको कार्यक्रमका बारेमा प्रस्तुती दिएका थिए । शुक्रबार दिउँसो सम्पन्न कार्यक्रममा अध्यक्ष भरतकुमार कार्कीले धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सरोकारवाला पक्षबाट उचित सहयोगको अपेक्षा गरे ।