हरिवनको तरकारी संकलन केन्द्र उद्घाटन

3
तरकारी संकलन केन्द्र उद्घाटन समारोहमा उपस्थित महानुभावहरु ।

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, बासाटोल स्थित कृषि उपज तथा तरकारी संकलन केन्द्रको उद्घाटन गरिएको छ ।

हरिवन नगरपालिकाको निर्माणाधिन नयाँ नगरपालिका भवन अगाडि निर्माण गरिएको संकलन केन्द्रको विहिबार हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले उद्घाटन गरेका हुन् । पाँच वर्षअघि देखि निर्माण सुरु गरिए पनि भर्खरै काम पूरा गरी कृषि उपज तथा तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

कृषि उपज र तरकारी बिक्री गर्न सहज हुने भन्दै तरकारी बजार राख्नका लागि स्थानीयले आफैले भोगचलन गर्दै आएको ४१ कठ्ठा ऐलानी जग्गा प्रदान गरेका छन् । निर्माणको काम सकेर बैशाख/जेठ देखि नै सञ्चालनमा आएपनि नगर प्रमुख प्रसाईंबाट औपचारिक रुपमा उद्घाटन गराईएको कृषि उपज तथा तरकारी संकलन केन्द्रका सचिव सुरेश भट्टराईले जानकारी दिए ।