बागमतीमा खुल्यो सुविधासम्पन्न ट्राभल एजेन्सी

5
ट्राभल एजेन्सीको उद्घाटन गर्दै मेयर थापा । (तस्बिर : उज्यालो अभियान)

बागमती – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा टिकेटिङ, टुर प्याकेज लगायत सबैखाले सुविधा सहितको ट्राभल एजेन्सी सञ्चालनमा आएको छ । उक्त एजेन्सीका सञ्चालकले दुई नम्बर प्रदेशकै पहिलो सुविधा सम्पन्न ट्राभल एजेन्सी भएको दाबी गरेका छन् ।

बागमती नगरपालिका–११ स्थित पेट्रोल पम्प छेउमा स्थापना गरिएको ट्राभल एजेन्सी कार्यालयको मेयर भरतकुमार थापाले विहिबार उद्घाटन गरेका छन् । स्थानीय सागर मैनालीले स्थापना गरेको दिप भगवती ट्राभल एण्ड टुरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्लेन टिकेटिङ, ट्रेनको टिकेटिङ, होटल बुकिङ, पर्यटकीय एवं धार्मीक वैदेशिक भ्रमणका लागि प्याकेज सुविधा, नेपाल भित्रै पर्यटकीय एवं धार्मीक भ्रमणका लागि प्याकेज सहितको सुविधा रहेको बताईएको छ ।

त्यस्तै कम्पनीबाट ई–सेवा, आईएमई, मोबाईल बैंकिङ तथा रेमिटेन्सको समेत सेवा उपलब्ध गराईने मैनालीले जानकारी दिए । यस क्षेत्रमै पहिलो प्रयास स्वरुप सुरु भएको कम्पनीले आगामी दिनमा थप सेवा विस्तार गर्दै लैजाने सञ्चालक मैनालीको भनाई छ ।

दिप भगवती ट्राभल एण्ड टुरले बागमती नगरपालिका सँगै २ नम्बर प्रदेशकै पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको भनाई छ । स्वरोजगारको अवधारण सुरुभैरहेको अवस्थामा युवा ब्यवसायी मैनालीले गरेको प्रयास युवाहरुको लागि कोसेढुंगा सावित हुने भेयर थापाले विश्वास व्यक्त गरे । मैनाली होटल ब्यवसाय अन्तर्गत वैदेशिक रोजगारमा गएर आएका युवा हुन् ।