परिवार योजना दिवसको अवसरमा सर्लाहीका सहभागि सहित प्रदेश स्तरीय ‘भर्चुअल’ अन्तरक्रिया

भर्चुअल अन्तरक्रियाका सहभागिहरु ।

हरिवन – सातौ राष्ट्रिय परिवार योजना दिवस २०२० को अवसरमा १६ सेप्टेम्बरका दिन ‘कोभिड–१९ को अवस्थामा गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ नाराका साथ महिला सशक्तिकरण अभियान (WEM) ले संयुक्त राष्ट्रिय जनसंख्या कोष (UNFPA) को सहयोगमा अनलाईन अन्तरकृया कार्यक्रम संचालन गरि राष्ट्रिय परिवार योजना दिवस २०२० मनाएका छन् ।

महिला सशक्तिकरण अभियानद्धारा आयोजना गरिएका अन्तरक्रिया कार्यक्रमको अध्यक्षता प्रदेश स्वास्थय निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजय कुमार झाले गरेका थिए भने मुख्य अतिथिका रुपमा स्वास्थय तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रजनन् स्वास्थ्य तथा परिवार योजना शाखा प्रमुख कविता अर्याल र मिडवाफरी सोसाईटी नेपालको अध्यक्ष डा. लक्ष्मी तमाङ तथा अतिथिको रुपमा संयुक्त राष्ट्रिय जनसंख्या कोष ९ग्ल्ँएब्० बाट दानबहादुर खडका, बरुण कुमार सिंह तथा बच्चालाल महतो उपस्थित रहेका थिए ।
स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृषणदेव यादवको सहजिकरण रहेको कार्यक्रममा सर्लाही जिल्लाको गोडैता नगरपालिका, कौडेना गाउँपालिका तथा मलंगवा नगरपालिकाको स्वास्थ्य संयोजक तथा स्वास्थयकर्मीहरु, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, रौतहट जिल्लाको गौर नगरपालिका, गुजरा नगरपालिका तथा यमुनामाई गाउँपालिकाका स्वास्थ्यकर्मी एवं धनुषा, सर्लाही र रौतहटको पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा कोभिडको समयमा परिवार योजनाका साधनहरुको वितरण तथा परामर्श सेवा संचालनको अवस्था बारेमा छलफल गरियो । विभिन्न पालिकाका स्वास्थय संयोजकहरुले आफ्नो पालिकाद्धारा गरिएका कामहरुको बारेमा जानकारी गराएका थिए । परिवार योजनाका सेवाहरु प्रत्येक दम्पतिहरुसमक्ष पुर्याउने प्रतिवद्धताका साथ कार्यक्रमको समापन भयो ।

कार्यक्रमको सुरुवात महिला सशक्तिकरण अभियानका कार्यकारी निर्देशक उपासना कुमारी तिवारीले गरेकी थिईन् भने कार्यक्रम संचालन गर्ने काम संस्थाका कार्यक्रम संयोजक आसना कुमारीले गरेका थिए । महिला सशक्तिकरण अभियानले सातौ परिवार योजना दिवश २०२० को अवसरमा अरु पनि चेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको संस्थाका कार्यकारी निर्देशक तिवारीले जानकारी गराए ।

हरेक वर्ष सेप्टेम्बर १८ का दिन नेपालमा परिवार योजना दिवस मनाईन्छ । सोही अवसरमा बुधबार प्रदेश स्तरीय भर्चुअल अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।