भारतबाट नेपाल छिर्दै गरेका राँगा समातिए

4

मलंगवा – भारतबाट नेपालतर्फ ल्याईँदै गरेका राँगा प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय सिमा स्थित प्रहरी चौकी मधुवनगोठको टोलीले गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बाट ११ वटा राँगा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार भन्सार छली गरेर ल्याईएको राँगाको ५५ हजार मुल्यांकन सहित आवश्यक कार्बाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । राँगा ल्याउने व्यक्तिहरुको बारेमा भने प्रहरीले केही बताएको छैन ।