सर्लाहीको पर्सा गाउँपालिकाबाट दुई सय किलो गाँजासहितको ट्रक प्रहरी नियन्त्रणमा

3
गत वर्ष नारायणखोलामा गाँजा फडाँनी गर्दै तत्कालिन प्रजिअ मोहनबहादुर जिसी सहित सुरक्षाअधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाही प्रहरीले शनिवार राती दक्षिण–पूर्वी भेगमा पर्ने पर्सा गाउँपालिकाबाट झण्डै दुई सय किलो गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

बाँके–संग्रामपुर सडक हुँदै भारततर्फ लान लागिएको गाँजासहितको ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौरले उज्यालो अभियानलाई जानकारी दिए । उनले गाँजा ओसारपसारमा संलग्न व्यक्ति र ट्रकधनीका सम्वन्धमा आइतवार बिहान थप सोधखोज गर्ने काम भइरहेकाले केही समयपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

सर्लाहीमा लकडाउन तथा निषेधाज्ञाको समयमा पनि विभिन्न ठाउँबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद भइरहेका छन् ।