चेम्बर अफ कमर्श विस्तार

4
कार्यक्रमका सहभागिहरु ।

परवानीपुर – सर्लाहीमा उद्योगी व्यापारीहरुको संगठन चेम्बर अफ कमर्शको जिल्ला कार्यसमिति विस्तार गरिएको छ ।

बुधबार परवानीपुरस्थित बोहोरे डाँडामा रहेको पुष्पलाल स्मृति पार्कमा भएको व्यवसायीहरुको भेलाबाट १९ सदस्यीय जिल्ला कार्य समितिलाई विस्तार गरी ३१ सदस्यीय बनाइएको हो । जस अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा सदरमुकाम मलंगवाका प्रतिष्ठित व्यवसायी सन्जय गुप्ता, उपाध्यक्षमा मलंगवाकै विकास गोयल, अर्का उपाध्यक्षमा दिनेश राय र उप–महासचिवमा कमलेस साह चयन भएका छन् ।

त्यसैगरी समितिको उपाध्यक्षमा लालबन्दी नगरपालिका–८, का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राजन कुमार श्रेष्ठलाई समेत चयन गरिएको छ । समितिको अध्यक्षमा यसअघि नै हरिवनका रामभक्त प्रधान र वरिष्ठ उपाध्यक्षमा लालबन्दीका बैकुण्ठ सापकोटा चयन भइसकेका छन् । उद्योग वाणिज्य संघबाट रुष्ट भएका व्यवसायीहरुले पछिल्लो समय चेम्बर अफ कमर्श गठन गरिरहेका छन् ।