हरिवनमा फेरि थपिए ३१ जना कोरोना संक्रमित

हरिवन – हरिवन नगरपालिकाले पठाएको ९७ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ३१ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

नगरपालिकाले गत भदौ १८ गते विहिबार ९७ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु पठाएको थियो । जसमध्ये ३१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हरिवन नगरपालिका स्वास्थ्य शाखा संयोजक शशिकान्त सिंहले जानकारी दिए । आज (सोमबार) बिहानसम्म सम्पूर्ण रिपोर्ट आईपुगेको हो ।

कुनै लक्षण नदेखिएका र स्वास्थ्य अवस्था जटिल नभएका संक्रमितलाई होम आईसोलेसन तथा अन्यलाई नयाँ नगरपालिकामा तयार पारिएको आईसोलेसनमा राखिएको नगरपालिका कार्यालयले जनाएको छ । सिंहका अनुसार ३१ जना मध्ये बागमती र लालबन्दी नगरपालिकाका समेत रहेका छन् ।