गोडैताबाट दुई लाख बढीको सोफी रक्सी बरामद

4
जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही

गोडैता – प्रहरीले सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट दुई लाख बढीको सोफी रक्सी बरामद गरेको छ ।

प्रहरी चौकी गौडैता र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले गोडैता नगरपालिका–८, जैपुरबाट मधुवनीगोठतर्फ लाँदै गरिएको तीन बोरा सोफी रक्सी बरामद गरेको हो । बरामद रक्सीको बजार मूल्य दुई लाख २० हजार बराबर रहेको सर्लाही प्रहरीका निमित्त प्रवक्ता एंव प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए ।

उनका अनुसार रक्सी ओसारपसारमा संलग्न बा २६ प ८२६६ र बीआर ०६ ए एस ३१३६ नं. को मोटरसाइकल समेत बरामद भएको छ । तस्करहरु भने प्रहरीलाई देख्नासाथ मोटरसाइकल र रक्सी छाडेर फरार भएका छन् ।