आज सर्लाहीका ५० जनामा कोरोना पोजेटिभ देखियो

3

मलंगवा – सर्लाहीका ५० जनामा आज (बुधबार) कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

ईश्वरपुर नगरपालिकामा ३९ जना, चन्द्रनगर गाउँपालिकामा ५, गोडैता नगरपालिका र धनकौल गाउँपालिकामा २/२, लालबन्दी नगरपालिकामा १ जना र जिल्ला सर्लाही र ठेगानामा सिराहा लेखिएको १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कोभिड फोकल पर्सन सुशील झाले जानकारी दिए । जिल्ला सर्लाही र ठेगाना सिराहा लेखिएका व्यक्तिले सिराहामा स्वाब दिएको हुन सक्ने झाले अनुमान गरे । त्यस्तै लालबन्दी नगरपालिकाले पछिल्लो समय स्वाब संकलन गरेर नपठाएकाले लालबन्दी ठेगाना लेखिएका व्यक्तिले पनि अन्यत्रै जिल्लामा स्वाब दिएको र सर्लाही ठेगाना लेखिएकाले आफूहरुको मेलमा जानकारी आएको हुन सक्ने झाको कथन छ ।