सर्लाही आउँदै गरेकाे एम्बुलेन्स त्रिशुलीमा खस्दा एक किशाेरीकाे मृत्यु, ४ जना घाईते

5
सांकेतिक तस्बिर ।

हरिवन – काठमाडाैंबाट बिरामी बाेकेर सर्लाही आउँदै गरेको एम्बुलेन्स आज (मंगलबार) विहान त्रिशुली नदीमा खस्दा एकजनाकाे मृत्यु भएकाे छ भने चारजना घाइते भएका छन् ।
ना. ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदीे किनारमा खस्दा चालक सहित ५ जना घाइते भएका थिए । दुर्घटनामा परी गम्भिर घाईते उदयपुुर जिल्ला उदयपुरगढी गाउँँपालिका-६ निवासी १५ वर्षीया बादे भन्ने ईन्दिरा राना मगरकाे उपचारका क्रममा भरतपुर अस्पतालमा आजै दिउँसाे मृत्यु भएकाे छ ।
अन्य घाइतेहरुमा झापा गौरीगन्ज गाउपालिका १ बस्ने २८ वर्षिय एम्बुलेन्स चालक सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका-२ निवासी ५० वर्षीया दिलमाया राना मगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नर बहादुर मगर रहेका छन् । घाईते दिलमाया क्यान्सरकी बिरामी हुन् । मृतक ईन्दिरा दिलमायाकाेे भतिजी तथा घाईतेहरु एकै परिवारका रहेकाे बताईएकाे छ ।
पृथ्वी राजमार्ग अन्तरगत इच्छाकामना गाउपालिका-३ पानीधाराबाट विहान ५ः१५ बजे एम्बुलेन्स त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । दिलमायाकाे उपचारका लागि काठमाडाैंं गएका र फर्कने क्रममा झापा हिँडेकाेे एम्बुुुुुलेन्समा उनिहरु चढेकाेे बुझिएकाेे छ ।
(चितवनका पत्रकार शालिग्राम नेपालकाे सहयाेगमा) यसअघि प्रकाशित समाचारमा केही त्रुुटी भएकाले २०७७/०५/१७ मा अपडेट गरिएकाे