कोरोना संक्रमणका बेला अग्रभागमा खटिएकाहरुलाई अनेरास्ववियुको सम्मान

9

लालबन्दी – सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले कोरोना संक्रमणका बेला अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई मंगलवार सम्मान गरेको छ ।

लालबन्दी, हरिवन र मलंगवामा सम्मान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य एवं लालबन्दी नगरपालिका–६, का वडाध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिए । अहिले देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमाथि दुव्र्यवहार भइरहेकाले आफ्नो ज्यान नै जोखिममा राखेर सेवा प्रवाह गरिरहेका उनीहरुलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरुले सम्मान कार्यको सुरुवात गरेको कार्कीले बताए ।

लालबन्दीमा वडाध्यक्ष कार्की, हरिवनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सुखेपोखरी क्याम्पस कमिटीका सभापति प्रज्वल ढुंगाना र मलंगवामा अनेरास्ववियुका जिल्ला सह–संयोजक समिम बाबु पठानको नेतृत्वमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।