गरुडा घटनाको विरोधमा नवलपुर स्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन

9
पूर्व–पश्चिम राजमार्गमा विरोध प्रदर्शन गर्दै दलित समुदायका प्रतिनिधि । (तस्बिर : रोशन न्यौपाने/उज्यालो अभियान)

नवलपुर – रौतहटको गरुडा घटनाको विरोध गर्दै सर्लाहीको नवलपुर चोक स्थित पूर्व–पश्चिम राजमार्गमा विरोध प्रदर्शन गरिएको छ ।

संयुक्त दलित न्यायिक संघर्ष समिति सर्लाहीको अगुवाईमा नवलपुर चोकमा त्यस क्षेत्रका दलितहरु भेला भई आज (आईतबार) दिउँसो जुलुस निकालेका हुन् । निरन्जन रामको हत्यामा संलग्न वास्तविक अभियुक्त र सोही घटनामा प्रहरीले हिरासतमा लिई उपचारका क्रममा वीरगंजमा मृत्यु भएका विजय राम चमारको घटनामा दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको समितिका संयोजक राजाराम पासवानले जानकारी दिए । समितिले हिरासतमा लिएपछि यातना दिँदा विजयको मृत्यु भएको भन्दै गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो र अन्य प्रहरीलाई कारवाहीको माग समेत गरेको छ ।