लालबन्दीमा थपिए २५ जना नयाँ संक्रमित

9
लालबन्दी नगरपालिका कार्यालय । तस्बिर : उज्यालो अभियान

जनार्जन खत्री, उज्यालो अभियान/ लालबन्दी – लालबन्दीमा कोरोना भाइरसका थप २५ जना नयाँ संक्रमित थपिएका छन् ।

गएराती (सुक्रवार राती) अबेर आएको पीसीआर परीक्षण रिपोर्टमा २५ जनामा कोरोना संक्रमण पाइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुमा अधिकांश यसअघिका संक्रमितहरुको परिवारका सदस्यहरु रहेका छन् ।

यस्तै संक्रमितमा एक/एक जना व्यापारी, स्वास्थ्यकर्मी र बैंकमा कार्यरत कर्मचारी समेत रहेका छन् । कोरोना संक्रमणबाटै मृत्यु भएकी जियाजोर माईती भएकी होटल व्यवसायी महिलाको परिवारका सदस्यमा पनि संक्रमण पाइएको छ ।

लालबन्दीबाट गत वुधवार कन्ट्याक ट्रेसिङमा परेका १२५ जना र आइसोलेसनमा बसिरहेका १६ जनाको थ्रोट स्वाब अर्थात खकारको नमूना संकलन गरी आरटी पीसीआर परीक्षणका लागि काठमाण्डौंस्थित वीर अस्पतालको ल्याबमा पठाइएको थियो । त्यसमध्ये पुराना संक्रमितहरुको सुक्रवार बिहानै रिपोर्ट आउँदा १३ जनाको दोहो¥याएर पोजिटिभ रिपोर्ट आएको थियो ।

यसैबीच एकै पटक २५ जना नयाँ संक्रमित थपिएपछि उनीहरुको कसरी व्यवस्थापन गर्ने र अब भोली (आइतवार) बाट बैंक तथा वित्तीय संस्था खोल्ने वा नखोल्ने भन्ने निर्णय गर्न आज (शनिवार) मध्यान्ह नगरपालिका कार्यालयमा आकस्मिक बैठक बस्दै छ । नगरपालिकाले भदौ १२ गते सुक्रवार सम्म बैंक तथा वित्तीय संस्था र हाटबजार बन्द गर्ने निर्णय गरेको थियो ।

नगर प्रमुख मानबहादुर खड्काले कन्ट्याक टे«सिङमा परेका अर्थात पहिलेका संक्रमितको सम्पर्कमै रहेकाहरुमा संक्रमण पाइएकाले संवेदनशील अवस्था नरहेको बताए । बैठकबाटै थप निर्णय लिइने उनले बताएका छन् ।