कोरोना संक्रमण नियन्त्रणमा धनकौल गाउँपालिकाले लियो सरोकारवालाको सुझाव

2
छलफलमा उपस्थिति प्रदेश सभा सदस्य वीरेन्द्र सिंह लगायत ।

धनकौल – दक्षिणी भेगमा पर्ने धनकौल गाउँपालिकाले सुक्रवार कोरोना संक्रमण नियन्त्रणका सम्वन्धमा सरोकारवालासँग राय सुझाव लिएको छ ।

सबै वडाका वडाध्यक्ष र भद्रभलाद्मीसँग अन्तक्र्रिया गरी संक्रमण नियन्त्रणमा आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा राय लिइएको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले बताए । छलफलमा प्रदेश सभा सदस्य वीरेन्द्र सिंह समेत सहभागी भएका थिए ।

छलफलपछि कोरोना संक्रमण नियन्त्रणमा सबै एकजुट हुने, मास्क लगाउन तथा संक्रमणबाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सम्वन्धमा जनचेतना अभिवृद्धिमा सहयोग गर्ने लगायतका निर्णयहरु भएका छन् ।