उपचार खाेज्दै बेवारिसे महिला

3

प्रकाश मैनाली/ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा सातायता एक बेवारिसे महिला बिरामी अवस्थामा रहेकी छिन् ।
ईश्वरपुर नगरपालिका-६, क्याम्पस चाेकमा घाईते अवस्थामा रहेकी ती महिलाले उपचारकाे याचना गरेकी छिन् । धनुषाको जनकपुर घर बताउने करिब ३५/४० वर्षीया ती महिला झण्डै एकसातादेखि क्याम्पस चौकमै बसिरहेकि स्थानीयले बताए । स्थानीयका अनुसार ती महिलाकाे दाहिने खुट्टामा गहिरो चोट लागेर हिडँडुल गर्न समेत नसक्ने अवस्थामा छिन् । निकै पूरानाे जस्ताे देखिने गहिराे घाउ भएकाले भित्रभित्रै पाकिसकेकाे स्थानीयकाे अनुमान छ ।

फाेटाे क्याप्सन : ईश्वरपुर क्याम्पस चाेकमा बेवारिसे अवस्थामा लडिरहेकी महिला । (तस्बिर : प्रकाश/उज्यालाे अभियान)