सर्लाहीमा आज पनि थपिए संक्रमित, तर संख्या एकिन हुन सकेन

4

लालबन्दी – सर्लाहीमा आज (वुधवार) पनि विभिन्न पालिकामा कोरोना संक्रमितहरु थपिएका छन् ।

स्वास्थ्य कार्यालय, मलंगवाका अनुसार बरहथवा, बागमती, हरिपूर्वा, गोडैता लगायतका पालिकाहरुमा संक्रमितहरु थपिएका हुन् । जसमध्ये बरहथवाका १८ जना, हरिपूर्वाका ८ जना र गोडैताका एक जना रहेका छन् ।

बागमती नगरपालिकामा पनि केही संक्रमित थपिएका भएपनि संख्या एकिन हुन सकेको छैन् । थ्रोट स्वाब पठाइएको ५२० जनामध्ये हिजो अस्ती थपिएका संक्रमितको समेत दोहो¥याएर रिपोर्ट पठाइएकाले आज कति संक्रमित थपिए भन्ने एकिन नै नभएको नगरपालिकाको स्वास्थ्य शाखा सह–संयोजक पदम रायमाझीले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वुधवार सर्लाहीमा १२० जना संक्रमित थपिएको नियमित पे्रस व्रिफिङमा उल्लेख गरे । तर जिल्लामा त्यति धेरै संख्यामा संक्रमित थपिएको जानकारी नै आएको छैन् ।

माथि घोषणा गरिए झैँ जिल्लामा संक्रमितहरुको संख्या र कुन पालिकाको हुन भन्ने प्रष्ट नहुने समस्या पूरानै हो । मन्त्रालयले पे्रस व्रिफिङमा उल्लेख गरेको संख्या अनुसार संक्रमितको विवरण तत्काल नपठाउँदा आफूहरु तनावमा पर्ने गरेको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सुशील कुमार झाले गुनासो गरे ।

झाले कहिलेकाँही पोजिटिभ रिपोर्ट आएकोहरुको नामावली २४ घण्टापछि पनि आउने गरेको जानकारी दिए ।