छोराको कुटाईबाट आमाको मृत्यु, बुबा गम्भीर घाईते

4
प्रतिकात्मक तस्बीर ।

नवलपुर – सर्लाहीको नवलपुरमा छोराको कुटाईबाट आमाको मृत्यु भएको छ भने बुबा गम्भिर घाईते भएका छन् ।

लालबन्दी नगरपालिका–२ पुनर्वास निवासी छोरा राजवीर पासवानको कुटपीटबाट ५० वर्षीया आमा उर्मिला पासवानको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै उर्मिलाका श्रीमान ५५ वर्षीय उपेन्द्र पासवान गम्भिर घाईते भएका छन् । घाईते उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न ३२ वर्षीय राजवीरलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ । स्थानीयका अनुसार प्रायः घरायसी विवाद भइरहने पासवान परिवारमा आमा, बुवा र छोरा सबैले मदिरा सेवन गर्थे ।

पारिवारिक विवादकै क्रममा शनिबार राती राजवीरले आमाको हत्या गरी बुवालाई गम्भीर घाईते बनाएका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । एक मात्रै छोराको कुटपीटबाट घाईते उपेन्द्रको अन्य आफन्त सम्पर्कमा नआउँदा औषधोपचार गर्नै समस्या भएको प्रहरी निरीक्षक थापाले बताए ।