घुर्कौलीबाट सखुवाको फल्ली बरामद्

16
विभिन्न मितिमा बरामद् गरी जानकीनगर स्थित वन कार्यालयमा थुपारिएका काठ दाउरा । (फाईल तस्बिर)

घनश्याम बलम्पाकी/हरिवन – हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीबाट आज (सोमबार) साल (सखुवा) को फल्ली (फ्यान्टा) बरामद् भएको छ ।

हरिवन नगरपालिका–६ घुर्कौली स्थित कोइरीटोलबाट २२ क्यूबिक फिट सालको काठ बरामद् भएको सब डिभिजन वन कार्यालय मुर्तियाले जनाएको छ । सशस्त्र वन रक्षकका जमदार अमरबहादुर पाख्रीनका अनुसार आँप र बाँस घारीमा लुकाएर राखिएको अवस्थामा दिउँसो उक्त काठ बरामद् भएको हो । बरामद् काठ ९० हजार रुपैंया मुल्य बराबरको भएको वन कार्यालयले जनाएको छ ।