हरिपुरमा एक युवती मृत फेला, हत्याको आशंका

14
प्रतिकात्मक तस्बीर ।

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–६, मजुर्वामा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

स्थानीय भुपनारायण चौधरीकी अन्दाजी १७/१८ वर्षीया छोरी मनिषा कुमारी चौधरी आज (आइतवार) बिहानै घर नजिकै मृत अवस्थामा फेला परेकी हुन् । युवतीको हत्या भएको हुनसक्ने स्थानीय वासिन्दाले आशंका गरेका छन् ।

घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय हरिपुरको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाले घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।