सर्लाहीको हरिवन प्रहरीले समात्यो ठूलो परिमाणमा लागूऔषध

1
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले केही समय पहिला बरामद गरेको लागूऔषधको रुपमा प्रयोग हुने वालरेक्सका बोतल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन स्थित ईलाका प्रहरी कार्यालयको टोलीले ठूलो परिमाणमा प्रतिवन्धित लागूऔषध बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका–६, घुर्कौलीस्थित कलटोलबाट डाइलक्स डिसी १०१ बोतल, वालरेक्स १९८ बोतल, नाइट्रोभेट ८९८ पिस र स्पास्मो प्रोक्सीभान २८८ पिस बरामद गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए । प्रहरी निरीक्षक उपाध्यायका अनुसार आईतबार बिहान दुई बजे जानकीनगरबाट हरिवनतर्फ आइरहेको बा. ६२ प ४६४१ नम्बरको मोटरसाइकल रोक्न खोज्दा दुई जना लागूऔषध कारोवारी मोटरसाइकल र लागूऔषध छाडेर फरार भएका हुन् ।

प्रहरीले मोटरसाइकल धनीलाई भने नियन्त्रणमा लिएको छ । उनकै माध्यमबाट लागूऔषध ओसारपसारमा संलग्नहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।