कविलासीमा लुकाएर राखिएको दुई लाख बढीको अवैध सुर्ती बरामद

11
कविलासीमा बरामद गरिएको अवैध सुर्ती जिल्ला प्रहरी कार्यालय मलंगवा लगिँदै । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय

कविलासी – प्रहरीले सर्लाहीको कविलासी नगरपालिका–८, मा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याई सोही ठाउँका भोला बैठाको गोठमा लुकाएर राखिएको २१ बोरा सुर्ती शनिवार साँझ बरामद भएको हो । बरामद सुर्ती करिव २ लाख २० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागूऔषधसहित हरिवनबाट एक जनालाई पक्राउ गरेको छ । अनुसन्धान जारी रहेकाले यस सम्वन्धमा दिउँसोसम्ममा विस्तृत जानकारी उपलब्ध गराउने हरिवन प्रहरीले बताएको छ ।