लिदीका पहिरो पिडितलाइ बर्गर हाउसको नगद सहयोग

5
जुगल गापाकी उपाध्यक्ष तामाङलाई नगद सहयोग हस्तान्तरण गर्दै द बर्गर हाउसका प्रमुख सञ्चालक तथा सञ्चालक सदस्यहरु । (तस्बिर सौजन्य : संजिव मोक्तान)

घनश्याम बलम्पाकी/हरिवन – द बर्गर हाउस एण्ड क्रन्चीफ्राइड चिकेन हाउसले सिन्धुपाल्चोकका पहिरो पीडितलाइ नगद सहयोग प्रदान गरेको छ ।

गत साउन ३२ गते अबिरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ लिदीमा गएको पहिरोबाट बिस्थापित भएका पहिरो पीडितलाइ नगद २ लाख ५२ हजार ५०० सहयोग गरेको हो । देशका बिभिन्न ठाउँहरुमा सञ्चालित बर्गर हाउसका मुख्य र शाखा हाउसबाट प्राप्त २ लाख ४२ हजार ५०० र अन्य सहयोगीबाट प्राप्त १० हजार गरि जम्मा २ लाख ५२ हजार ५०० सय रुपियाँ नेपालकै सबैभन्दा कान्छी सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाकी उपप्रमुख सृजना तामाङलाई हस्तान्तरण गरिएको सर्लाही हरिवन नगरपालिका–३, डाबरी निवासी समाजसेवी तथा द बर्गर हाउसका सञ्चालक ब्यवसायी संजीव मोक्तानले जानकारी दिए ।

मोक्तानका अनुसार द बर्गर हाउसका प्रमुख सञ्चालक बसन्त लामा मार्फत नगद रकम हस्तान्तरण गरिएको हो । हाउसले गएको असार २५ गते अविरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ५ मा गएको पहिरो तथा बाढीबाट बिस्थापित भएका पहिरो पिडित ६५ घरधुरीलाइ प्रति परिवार ३० किलो चामल र घाइतेको उपचारका लागि नगद पचासहजार रुपियाँ समेत सहयोग गरेको मोक्तानले जानकारी दिए ।