सर्लाहीमा फेरि थपिए १०१ जना संक्रमित

हरिवन – सर्लाहीको कौडेना र विष्णु गाउँपालिका तथा हरिपुर नगरपालिकामा गरी आज (मंगलवार) १०१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

ती पालिकाहरुले संकलन गरेर पठाएको थ्रोट स्वाबको धमाधम रिपोर्ट आइरहेको छ । मंगलवार दिउँसाेसम्म प्राप्त रिपोर्ट अनुसार काैडेनामा ५८ जना, हरिपुरमा ३१ जना र विष्णुुुुमा १२ जनामा पाेजेटिभ देखिएकाे हाे । हरिपुरमा जोखिम भत्ताको माग गरेर धर्नामा बसिरहेका ३ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टी भएको छ ।

त्यस्तै काैडेनामा वडाध्यक्ष एवं विष्णुमा ५ जना स्वास्थ्यकर्मीमा पनि काेराेना देखिएकाे छ । काैडेनाले ३०० तथा विष्णुले १८० जनाकाे स्वाब परीक्षणका लागि पठाएकाे थियाे । हरिपुरबाट २४६ जनाकाे स्वाब पठाईएकामा १०० जनाकाे मात्र परीक्षण भएकाे हाे । स्वास्थ्य कार्यालय मंलगवाका अनुसार दिउँसोसम्म विभिन्न पालिकाहरुको धमाधम रिपोर्ट आइरहेको छ । आज साँझसम्म अझै थप रिपाेर्टहरु आउने बताईएकाे छ ।