चज क्याम्पसमा तालाबन्दी गरिएको भन्दै स्ववियुको ध्यानाकर्षण

15

हरिवन – चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आज (मंगलबार) एक विज्ञप्ति प्रकाशित गरी क्याम्पस प्रशासनमा तालाबन्दी गरेको कुराप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासनमा तालबन्दी गरेको कुरा विभिन्न सामाजिक संजालमा आएको विषयप्रति स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण भएको छ’, स्ववियु सभापति प्रज्वल ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सिंगो समुदायको शैक्षिक स्तर उकास्दै ‘क्यूएई’ प्राप्त गर्ने अन्तिम चरणमा रहेको यस क्याम्पसमा यस्ता अराजक गतिविधिको कारणले ‘क्यूएई’ प्राप्त गर्ने कुरालाई आघात पुर्याउने हुँदा यस्ता गैर जिम्मेवार कार्यप्रति घोर भत्र्सना गर्दछौं । साथै गैरराजनैतिक कृयाकलापले सिंगो शिक्षा क्षेत्रलाई आघात पुग्ने हुँदा विद्यार्थी संगठनहरुले आ–आफ्नो स्थानमा जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं ।’