ट्रकको ठक्करबाट सर्लाहीको बाँके जंगलमा एक जनाको मृत्यु, ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा

3
सांकेतिक तस्बिर ।

बयलवास – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलस्थित सशस्त्र प्रहरीको पोष्ट रहेको लच्का नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ७२२० नंं. को ट्रकले ठक्कर दिँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, क्यानखोलाका अन्दाजी ५० वर्षीय चन्द्रबहादुर बोम्जनको मृत्यु भएको हो । बोम्जनलाई सुक्रवार राती ३ बजेतिर ट्रकले ठक्कर दिएको थियो । सिन्धुली घर भएपनि उनी सर्लाहीको बाग्मतीमा सुकुम्वासी बस्ती रहेको क्षेत्रमा समेत टहरा बनाएर बस्दै आएका थिए ।

बोम्जन प्रायः मदिरा सेवन गरेर हिँड्ने गर्थेे । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।