रामनगरमा २ सय बढी अन्य पार्टीका कार्यकर्ता काँगे्रसमा प्रवेश

नवप्रवेशीहरुलाई अविर लगाएर पार्टीमा स्वागत गर्दै प्रदेश सभा सदस्य सिंह ।

सिसौट – सर्लाहीको क्षेत्र नं. ४ मा पर्ने रामनगरमा हिजो (बिहिवार) अन्य पार्टी परित्याग गरी दुई सय भन्दा बढी व्यक्ति नेपाली काँगे्रसमा प्रवेश गरेका छन् ।

रामनगर गाउँपालिकाको सिसौट गाउँमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट सो संख्यामा कार्यकर्ताहरु काँगे्रसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई काँगे्रस नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले अविर लगाएर पार्टीमा प्रवेश गराए ।

हिजोको पार्टी प्रवेश कार्यक्रमपछि काँग्रेस क्षेत्र नं. ४ मा अझ बलीयो भएको प्रदेश सभा सदस्य सिंहले बताएका छन् ।