सर्लाहीकाे हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालपोतका कर्मचारीसहित १३ जनामा कोरोना

7

हरिवन – सर्लाहीको हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालपोतका एक जना कर्मचारी समेत गरी १३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा बिहिवार (आज) दिउँसोसम्म हरिवनबाट पठाइएको ४११ जनाको थ्रोट स्वाब परीक्षण गरेर सकिँदा १३ जनाको पोजिटिभ रिपोर्ट आएको नगर प्रमुख गणेश प्रसाद प्रसाईले उज्यालो अभियानलाई जानकारी दिए । संक्रमितहरुको खोजी गरी हरिवन नगरपालिका–११, बासाटोलस्थित निर्माणाधीन नगरपालिकाको भवनमा ल्याएर बेग्लाबेग्लै आइसोलेटेड गरेर राखिने नगर प्रमुख प्रसाईले बताएका छन् ।

समुदाय स्तरमै कोरोनाको संक्रमण पाइएपछि अब थप सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । हरिवनको भन्दा अघि नै लालबन्दीबाट पठाइएको थ्रोट स्वाबको भने अझै रिपोर्ट आएको छैन् ।

लालबन्दीबाट गत शनिवार ६१ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र सोमवार १२३ जनाको हेटौंडास्थित ल्याबमा स्वाब पठाइएको थियो । यत्तिका दिनसम्म रिपोर्ट नआउँदा स्वाब दिएकाहरु निराश भएका छन् भने नगरपालिकाले थप निर्णय गर्न सकेको छैन् ।