शंकरपुरको स्व. चिरञ्जीवी स्मृति पार्कमा वृक्षारोपण

स्व. चिरञ्जिवी स्मृत्ति पार्कको मूलगेटमा बुधबार वृक्षारोपण गर्दै प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती । (तस्बिर : घनश्याम/उज्यालो अभियान)

घनश्याम बलम्पाकी/शंकरपुर – सर्लाहीको बागमती नगरपालिका अन्तर्गत शंकरपुरको पुतलिचोकमा आज (बुधवार) वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

बागमती नगरपालिका –८, पुतलीचोक स्थित स्व.चिरञ्जीवी स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको हो । वृक्षारोपण कार्यक्रमको प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले विरुवा रोपेर उद्धघाटन गरेका थिए । उनले आगामी दिनमा पार्कको विकासका लागि यथाशक्य सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । आफ्नो ठाउँको विकासका लागि स्थानिय स्तरबाट पनि जनप्रतिनिधिलाइ झकझक्याउनु पर्ने उनको जोड थियो । सांसद् उप्रेतीले आफु सफल हुनका लागि जनताको सफल सेवक बन्न चाहेको भएपनि सफल सेवक बन्न सक्दिन कि भन्ने कुरामा सशंकित रहेको बताए ।

वृक्षावृक्षारोपणका लागि सोल्टीमा रहेको सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विरुवा उपलब्ध गराएको हो । संस्थाले आँप, कटहर, अशोकलगायत जातका चार सय विरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष जवाहरलाल कुशवाहाले जानकारी दिए । निर्माणाधिन पार्क दुइ बिगाहा सत्रकठ्ठा क्षेत्रफलमा रहेको नेकपाका नेता टंकबहादुर बस्नेत (गोकुल)ले जानकारी दिए ।

उक्त पार्क तत्कालिन शंकरपुर गाविसका उपाध्यक्ष तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरपुरका अध्यक्ष चिरञ्जिवी पोखरेलको स्मृत्तिमा निर्माण गरिएको हो । स्थानीय स्तरमा निकै सहयोगि एवं समाजसेवामा समेत सकृय पोखरेलको गतवर्ष जीप दुर्घटनामा मृत्यु भएको थियो ।