कार्यालय सहयोगीमा संक्रमण पाइएपछि चन्द्रनगर गाउँपालिकाको कार्यालय ‘शिल’

चन्द्रनगर – एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पाइएपछि सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालय आज (वुधवार) बाट ‘शिल’ गरिएको छ ।

मलंगवा घर भएका कार्यालय सहयोगीले त्यहीँ स्वाब दिएर परीक्षण गराउँदा संक्रमण पाइएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । साउन ३२ गतेसम्म स्वास्थ्यको बाहेक गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प रहने उनले बताए ।

साउन २६ गतेदेखि एक साता निषेधाज्ञा जारी भएपछि जिल्लाका अन्य पालिका तथा सरकारी कार्यालयहरुमा पनि नगरी नहुने अत्यावश्यक काम मात्रै सञ्चालन भइरहेका छन् ।