नेकपा सर्लाही अध्यक्ष पन्तमा देखियो कोरोना, कन्ट्याक्ट ट्रेसिङमा अन्यौल

5
अध्यक्ष रेवती पन्त

हरिवन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

हल्का ज्वरो आएपछि ललितपुरकाको सानेपा स्थित स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा पन्तलाई कोरोना भाईरस पोजेटिभ देखिएको हो । बुधबार बिहान आएको रिपोर्टमा कोरोना भाईरस पोजेटिभ देखिएको अध्यक्ष पन्तले जानकारी दिए । अध्यक्ष पन्तले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना भाईरस पोजेटिभ भएको र सम्बन्धित सबैले सचेत हुँदै कन्ट्याक्ट ट्रेसिङका आधारमा स्थानीय पालिकाहरुसँगको समन्वयमा पीसीआर टेष्ट गराउन समेत आग्रह गरेका छन् ।

हाल उनी सोल्टी होटलको आईसोलेसनमा बसेका छन् । यसबीचमा पन्तको निकै धेरैजनासँग भेटघाट एवं नजिकबाट सम्पर्क भएकाले क–कसको चाँही पीसीआर गराउने भन्ने पनि अन्यौलको अवस्था रहेको देखिन्छ ।