सिडिओले दिए वृद्धाआश्रममा चामल

3

लालबन्दी – सर्लाहीमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जुटपानी आश्रममा सोमबार चामल सहयोग गरेका छन् ।

पौडेलले रक्षावन्धनको शुभ अवसरमा जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्धाश्रममा सहयोग गरेका हुन् । प्रजिअ पौडेलले वृद्धवृद्धाका लागि पाँच बोरा चामल पठाएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । प्रजिअ पौडेलले चामल पठाएसँगै कुनै मौका पारेर आश्रममा आश्रीत वृद्धबृद्धालाई भेट्न आउने सन्देश समेत पठाएको कोइरालाले बताईन् ।