सोतीखोला संरक्षणमा जुटे बरहथवाबासी

कार्यक्रमका सहभागिहरु ।

घनश्याम बलम्पाकी/बरहथवा – सोती (मनुष्मारा) खोला संरक्षण तथा सम्बर्धनमा बरहथवाका स्थानिय जुटेका छन् ।

मुहान सुक्ने तथा किनार भाग अतिक्रमणको चपेटामा परेपछि खोलाको संरक्षण र संवद्र्धन गर्ने उद्श्यले नेपाली कांखग्रेसका महासमिति सदश्य तथा समाज सेवी बिनोद खनालको सकृयतामा स्थानिय अग्रसर भएका हुन् । उनिहरुले नेपाली कांग्रेसका स्थानिय नेता जुनैद महोम्मद रिजवीको संयोजकत्वमा तदर्थ समिति नै गठन गरि संरक्षणको अभियान चलाउने भएका छन् ।

बुधवार तदर्थ समिति संयोजक रिजवीको संयोजकत्वमा बिश्व शान्ति सभाहलमा भएको बिचारगोष्ठीमा बरहथवा नगरपालीकाका मेयर प्रमुख अतिथि देवानन्द महतो लगाएतका बक्ताहरुले सोतीको संरक्षण आवश्यक रहेको औल्याए । मेयर महतोले भने सोती खोला संरक्षण र सम्बद्र्धनमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता गरे ।

बरहथवा लगायत दक्षिणी क्षेत्रका हज्जारौ बिगाह क्षेत्रमा सोती (मनुष्मारा) नदीले किसानको जीवन स्तर उकास्न खेलेकोे भुमीकालाई बिसर्न नहुने सहभागी वक्ताले तर्क गरे । त्यस्तै उनिहरुले खोलाको संरक्षण गरि मतस्य पालनबाट बर्षेनी करोडांैको आम्दानी लिन सक्ने बताए । पहिला पहिला आफ्ना बाउ बाजेले सोतीको पानी अँजुलीमा उभाएर खाएको स्मरण गर्दै सोही कोटीमा सोतीलाई पुर्याउनु पर्नेमा जेड दिए । अहिले खोलाको पानी दुषित भएकोले खोला सरसफाइ गर्नुपर्ने धारणा राखे । सोतीखोला संरक्षण र सम्बद्र्धनका लागि पटक पटक प्रयास भएपनि नेतृत्वको कमजोरीका कारण असफल हुदै आएको थियो । अबपनि त्यस्तै भए बरहथवा नगरपालिकाको लागि दुर्भाग्य हुने बताएका छन् ।

सोती संरक्षण र बिकासका लागि अतिक्रमीत क्षेत्र छुट्याउनु पर्ने र नदी किनारमा बाटो निकाली पार्क निर्माण, पर्यटकीय गन्तब्य स्थल बनाउनका लागि नगरपालीका लगाएत सरोकारवाला निकायले चासोदिनुपर्नेमा उनिहरुले जोड दिएका नेपाली कांग्रेसका नेता महासमिति सदस्य बिनोद खनालले बताए । बागमती नगरपालिका–९ सक्रौल टोलमा मुहान रहेको सोतीखोला छिमेकी मुलुक भारतको सिमानासम्म रहेको छ ।