लखन्देही खोलाबाट अवैध किसिमले बालुवा निकाली रहेका ट्याक्टर प्रहरी नियन्त्रणमा

प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर ।

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा लखन्देही खोलाबाट अवैध ढंगले बालुवा उत्खनन गरिहेका ९ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकामा बुझाएको छ ।

सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोलामा बालुवा झिक्दै गरेका ट्याक्टर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका कार्यालयमा बुझाएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । नगरपालिकाले ती ट्याक्टरलाई खोला उत्खननमा रोक लगाइएको समयमा पुनः उत्खनन नगर्ने शर्तमा जरिवाना तिराएर मात्रै छाडिने जनाएको छ ।

असार, साउन र भदौ तीन महिना खोला उत्खनन गर्न पाईदैन् । तर पनि लुकिछिपी सर्लाहीका विभिन्न खोलाहरुबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन भइनै रहेको छ ।