घरमा ढुंगामुढा नगर्न आग्रह गर्दा कुटिएकाहरु भन्छन् : हामीले न्याय कहिले पाउँछौँ ?

3

धनकौल – करिव एक महिनाअघि सर्लाहीको धनकौल गाउँपालिका–२, मा आफूहरु माथि कुटपीट भएकाहरुले न्याय नपाएको गुनासो गरेका छन् ।

गत असार १४ गते साँझ आफू लगायत पाँच जना कुटपीटबाट घाईते भएको र प्रहरीमा किटानी जाहेरी दिँदा समेत दोषीमाथि कारवाही नभएको धनकौल २ का रणधीर रन्जन बर्माले गुनासो गरे । घटनापछि नाम किटान गरेरै जाहेरी दिएकाहरु अहिले पनि गाउँमा खुलेयाम हिँडिरहेका तर प्रहरीले कसैको दबाबमा परेर पक्राउ गर्न चासो नदिएको पीडितहरुको गुनासो छ ।

आफ्नो घर अगाडि आएर टायर बाली ढुंगामुढा गर्न थालेपछि रोक्न खोज्दा उल्टै आफूमाथि आक्रमण भएको बर्माले दावी गरे । बर्माले अहिले पनि वीरगञ्जमा उपचार गराईरहेका छन् ।

धनकौलमा असार १४ गते भएको घटनालाई सत्ताको आडमा तोडमोड गरी निर्दोष व्यक्तिलाई फसाउने खेल भइरहेको प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले आरोप लगाएका छन् । काँगे्रसका कार्यकर्तालाई मात्रै दोष देखाएर मुद्दा चलाइएको र आक्रमणमै उत्रिएका नेकपाका कार्यकर्तामाथि कुनै कारवाही नभएको उहाँले गुनासो गरे ।