सगुन विद्यालयले ग¥यो विद्यार्थीलाई शुल्कमा छुट

9
ऋणको ब्याज र शुल्क छुटको प्याकेजबारे जानकारी गराउँदै सगुनका अध्यक्ष बाबुराम घिमिरे तथा उपस्थित मेयर प्रसाईं सहित सहकारीका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरुको ब्याजमा तथा सगुन शिक्षा सहकारी संस्थाले विद्यालयको शुल्कमा छुटको घोषणा गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनबाट मारमा परेका ऋणी एवं अभिभावकलाई दुवै सहकारीले छुट प्याकेजको घोषणा गरेको हो ।

सगुन शिक्षा सहकारी संस्थाले आफूद्वारा सञ्चालित सगुन शिक्षा आवासीय विद्यालयमा अध्ययनरत ९१५ जना विद्यार्थीहरुको ३ महिनाको मासिक शुल्कमा पूरै छुट गरेको छ । ‘नयाँ शैक्षिक शत्र सूरु भएयता बैशाख देखि असारसम्म ३ महिनाको शुल्क पूरै छुट गरिएको छ’, सगुन शिक्षा सहकारीका अध्यक्ष बाबुराम घिमिरेले भने, ‘विद्यालयमा अध्ययनरत ९१५ जना विद्यार्थीको तीन महिनाको शुल्क बापत जम्मा ४८ लाख ४४ हजार ७०० रुपैंया विद्यालयले छुट गरेको छ ।’

विद्यार्थीको शुल्कमा पूरै छुट गरिएपनि शिक्षक कर्मचारीलाई भने ३ महिनाको आधारभूत पारिश्रमिक दिईएको अध्यक्ष घिमिरेले जानकारी दिए । ‘६२ जना शिक्षक कर्मचारी कार्यरत रहेको र सबैजनालाई आधारभूत पारिश्रमिक दिने निर्णय भएको छ’, घिमिरेले भने, ‘विद्यार्थीबाट शुल्क नआएपनि शिक्षक कर्मचारीलाई आधारभूत पारिश्रमिक दिँदा विद्यालयले थप २९ लाख २५ हजार ६६० रुपैंया व्ययभार बहन गर्नु परेको छ ।’

लकडाउन भएपनि चैत महिनामा परीक्षा सम्पन्न गरी परीक्षाफल समेत प्रकाशित गर्नुपर्ने काम गरिएकाले उक्त महिनाको भने विद्यार्थीसँग शुल्क लिईएको विद्यालयले जनाएको छ । ‘शिक्षक÷कर्मचारीलाई विद्यार्थीको घरघरमा पठाएर प्रश्नपत्र उपलब्ध गरायौं र अभिभावक स्वयंलाई नई परीक्षाको निरिक्षक बस्न आग्रह ग¥यौं’, घिमिरेले भने, ‘अभिभावक नै निरिक्षक अनि घर नै परीक्षा केन्द्रको अवधारणा अनुसार सबै विद्यार्थीको परीक्षा घरघरबाटै लिएर उत्तर पुस्तिका संकलन गरेर परीक्षाफल पनि प्रकाशित गरिसक्यौं ।’ साउन १ गतेदेखि अनलाईन कक्षा सञ्चालन सूरु गरिएको र अनलाईन कक्षामा सहभागि हुन नसक्ने विद्यार्थीलाई घरमै गएर शिक्षकहरुले अध्यापन गरिरहेको घिमिरेले जानकारी दिए । ‘अनलाईन कक्षा सञ्चालनका लागि एकसाथ धेरै विद्यार्थीले पढन मिल्ने गरी ठूलै लगानीमा सफ्टवेयर जडान गरिएको छ’, अध्यक्ष घिमिरेले भने, ‘अनलाईन कक्षामा सहभागि हुन नसक्ने विद्यार्थीलाई शिक्षकहरुले गाउँमै पुगेर कक्षा लिने व्यवस्था मिलाईएको छ ।’

सगुन सहकारीले हरिवन नगरपालिका–९, नोचाटोलमा २०७१ सालदेखि सगुन शिक्षा आवासीय विद्यालय सञ्चालनमा ल्याएको हो । अघिल्लो शैक्षीक शत्रमा १० कक्षासम्म अध्यापन गर्दै आएको सगुनले चालु शैक्षिक शत्रबाट कक्षा ११ समेत सञ्चालन गर्ने अनुमति लिईसकेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

विद्यालयले अभिभावकलाई सगुन शिक्षा सहकारीको शेयर सदस्य बन्न उत्पे्ररित गर्ने उद्धेश्यले शेयर सदस्यको बालबालिकालाई विशेष छुटको व्यवस्था समेत गरेको छ । ‘शिक्षा सहकारीको शेयर सदस्य बनेमा बालबालिकाको मासिक शुल्कमा १० प्रतिशत छुट तथा सगुन शिक्षा सहकारीको शेयर अन्य कुनै सहकारी संस्थाका शेयर सदस्यहरुका बालबालिकालाई समेत ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ’, अध्यक्ष घिमिरेले भने, ‘त्यस्तै यसवर्षदेखि कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई वर्षको कम्तिमा २ महिना सगुन बचत तथा ऋण सहकारी संस्थामा ईन्टर्नशिपको अवसर दिईने र त्यसबापत खाजा खर्च उपलब्ध गराउने छौं ।’

त्यस्तै हरिवन बजार स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधीको ब्याज हर्जाना पूरै छुट गरेको छ भने नियमित ब्याज बुझाउने ऋणीलाई ब्याजको १२ प्रतिशतसम्म छुट गरेको छ । संस्थाले ‘लकडाउन अवधीमा संस्थाको ऋण लगानी, असुली र छुट सम्बन्धी कार्यविधि २०७७’ नै तयार पारेर ऋणीहरुलाई विभिन्न छुटको प्याकेज घोषणा गरिएको सगुन बचत तथा ऋण सहकारी संस्थाका समेत अध्यक्ष रहेका बाबुराम घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार चैतदेखि असारसम्म ४ महिना नियमित किस्ता र ब्याज बुझाएका ऋणीलाई ब्याजको १२ प्रतिशत फिर्ता, नियमित ब्याजमात्र बुझाएकालाई १० प्रतिशत फिर्ता तथा चार महिनाको किस्ता र ब्याज असार मसान्तभित्र एकमुष्ट तिरेका ऋणीलाई ब्याजको ६ प्रतिशत फिर्ता गरिएको छ ।

असार मसान्तसम्म ६ हजार २२० महिला तथा ४ हजार ६८ पुरुष एवं २५७ अन्य गरी १० हजार ५४५ जना शेयर सदस्य रहेको सगुनले ८६ करोड ९२ लाख १२ हजार ५५३ रुपैंया ऋण लगानी गरेको छ । त्यस्तै ९९ करोड ७४ लाख ६ हजार ६९३ रुपैंया निक्षेप संकलन भएको अध्यक्ष घिमिरेले जानकारी दिए । ‘लकडाउनको मारमा परेका ऋणीलाई थोरै भएपनि राहत मिलोस् भनेर कार्यविधि नै बनायौं र ब्याज छुटको व्यवस्था मिलायौं’, अध्यक्ष घिमिरेले भने, ‘बचतकर्तालाई भने तोकिएको ब्याज नघटाई दिईने भएकाले ऋणको सम्पूर्ण ब्याज छुट गर्न नसक्ने अवस्था आयो ।’

सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित प्याकेज घोषणा कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले दुवै सहकारीले छुटको व्यवस्था मिलाएर सह्रानीय कार्य गरेको भन्दै धन्यवाद प्रकट गरे । ‘लकडाउनको मारबाट अफ्ठ्यारो परिस्थितीमा रहेका ऋणी र विद्यार्थीका लागि छुटको व्यवस्था मिलाएर दुवै सहकारी संस्थाले अभिभावकत्वको भूमिका निर्वाह गरेका छन्’, मेयर प्रसाईंले आग्रह गरे, ‘सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई अप्mठ्यारो परिस्थितीमा यसरी नै अभिभाकत्व ग्रहण गरेमा अपनत्वबोध पनि बढ्ने छ ।’ मुलुकको समृद्धिका लागि अबका दिनमा समग्र समाज नै सहकारी मार्फत एकजुट हुनु जरुरी रहेको उल्लेख गर्दै मेयर प्रसाईंले सहकारीको माध्यमबाट विश्वमा धेरै मुलुकले कायापलट गरेको जानकारी दिए । सगुन बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष तारा पोखरेलले धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेकी थिईन् ।