माछापालन गर्न खनिएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

2
प्रतिकात्मक तस्बिर ।

ईश्वरपुर – सर्लाहीको गौरीशंकरमा पोखरीमा डुबेर शनिवार राती दुई बालिकाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१४, गौरीशंकर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

दुवै बालिकाको स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको हो । बाख्रा चराउन गएका बालिकाहरु साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए । त्यसक्रममा गएराती ९ः३० बजेतिर बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

मृतक दुवै बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पु¥याइएको छ ।