बागमतीको नहरमा डुबेर महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर ।

सोल्टी – बागमती सिंचाई आयोजनाको नहरमा डुबेर शनिबार एक महिलाको मृत्यु भएको छ ।

बागमती नगरपालिका–६ निवासी गोविन्द सुबेदीकी पत्नी ४२ वर्षीया अम्बिका काफ्लेको नहरमा डुबेर मृत्यु भएको हो । बागमती नगरपालिका–८ सोल्टी स्थित बागमती सिंचाईको मानपुर शाखा नहरमा डुबेर काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक रुपमा अस्वस्थ रहेकी काफ्लेलाई नहरले बगाउँदै गरेको देखेपछि स्थानीयले तत्काल उद्धार गरेका थिए । उपचारका लागि बरहथवा लैंजादै गर्दा काफ्लेको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक काफ्ले केही समययता माईतमा बस्दै आएकी थिईन । पोष्टमार्टमका लागि मृतकको शव सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईसकिएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।